www.tandavnews.com
Fact ~ In search of truth

कोरोना लक्षण नदेखिएपछि कास्की क्वारेन्टाइनमा बस्ने सबै घर पठाइए

पोखरा
ताण्डव न्यूज ।

कास्कीका क्वारेन्टाइन खाली भएका छन् । विदेशबाट आएका ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएकोमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएपछि घर पठाइएको छ । सरकारले बनाएको क्वारेन्टाइनमा बसेका ३६ जना नै घर गएका छन् भने होम क्वारेन्टाइनमा बसेकाहरुमा पनि संक्रमणको लक्षण देखिएको छैन ।

कतार, भारत र बंगलादेश लगायतका देशबाट आएका ३६ जनालाई पोखराको मालेपाटन स्थित कृषि तालिम केन्द्र र रुपा गाउँपालिकामा क्वारेन्टाइनमा राखिएको थियो । पोखरा महानगरपालिकाले बनाएको केन्द्रमा राखिएका १६ जना र रुपामा राखिएका २० जनालाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्दा पनि कोरोनाको कुनै लक्षण नदेखिएपछि आ–आफ्नो घर पठाइएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.बिनोद विन्दु शर्माले जानकारी दिए ।

Batas

१४ दिन पछि घर पठाइए पनि थप एक हप्ता होम क्वारेन्टाइनमा बस्न भनिएको डा शर्माले बताए । लकडाउन पछि बाहिरबाट आउन रोकिएकाले अहिले कास्कीका सबै क्वारेन्टाइन खाली भएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.