www.tandavnews.com
Fact ~ In search of truth

छाक जोहो गर्न सकस झेलिरहेका पोखरा २१ का ३१ परिवारलाई राहात

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

सरकारले चैत १० गते एकाएक देश लकडाउन गर्ने निर्णय सुनायो । १० गते घाम डुब्नुअघि विश्वव्यापी फैलिरहेको कोरोना महामारीका लागि सचेतता अपनाउदैं चैत ११ गतेदेखि पुर्ण रुपमा लकडाउन हुने घोषणा गरिएपछि शहरका डेरावालहरु त्यहिँ साँझमा ‘ब्याग प्याक’ गरेर राति घरको यात्रा तय गरे । केहि अझै डेरामै छन् ।

डेरावाल बाहेक पोखराकै स्थानीयहरुलाई एक्कासी आएको ‘लकडाउन’ले समस्यामा पार्यो । त्यस साँझ दैनिक उपभोग्य सामान लिनकालागि पसलहरु ग्राहकले भरिभराउ देखिन्थे । पोखरा बजारमै बस्नेहरुले त जसोतसो जोहो गरे तर बजारबाट केही दूरीमा रहेका गाउँका परिवारलाई हम्मेहम्मे परिरहेको छ ।

Batas

अझ दैनिक ज्यालामजदुरी गरेर छाक टार्नेहरुलाई ‘लकडाउन’ले पेटमा लात हानीरहेको छ । विपन्न परिवारहरुलाई पनि छाकको जोहो गर्न सकस छ ।

उनै छाक टार्न सकस झेलीरहेका पोखरा २१ का दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न परिवारलाई पोखराका युवाहरुले आज (शुक्रबार) राहात दिएका छन् । पोखरा २१ का अर्जुन गिरी, पोखरा–४ का सञ्जय श्रेष्ठ र कैशला गुरुङ लगायतका युवाहरुले अत्यावश्यक खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।

पोखरा २१ स्थित कृस्तीको सिमलचौर, ठूलोचौर धुवारकोट, मट्टीखान, मुलवारी, अगेरपानी गरि ३१ परिवारलाई पोखरा २१ का वडाध्यक्ष खगराज आचार्य र नेकपा नेता झपट रानाभाटको रोहवरमा गिरीले राहात वितरण गरे ।

यस अघि पनि गिरीले पोखरा–२१ दम्सादीमा काम गर्न आएका १३ जना मजदुर र विभिन्न ठाउँका १३ जना विपन्न परिवारलाई खाघन्न सामाग्री दिएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.