www.tandavnews.com
Fact ~ In search of truth

कोरोना भाइरस : अमेरिकामा मृत्युको सङ्ख्या विश्वकै उच्च

काठमाडाैँ । 

कोरोनाभाइरस सङक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या विश्वभरमै अमेरिकामा सबैभन्दा उच्च पुगेको छ। अमेरिकाले यसअघि सबैभन्दा धेरैले ज्यान गुमाएको तथ्याङ्क भएको इटलीलाई उछिनेको हो।

जोन्स हप्किन्स विश्वविद्यालयले तयार पारेको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा २० हजार भन्दा धेरैले ज्यान गुमाएका छन्।

Batas

अमेरिकामा यस महामारीको केन्द्रविन्दु न्यू योर्क राज्य बनेको छ। अमेरिकाभर ५ लाख २० हजारभन्दा बढि सङ्क्रमित रहेकामा १ लाख ८० हजारभन्दा बढि न्यू योर्क राज्यमा छन्।

शनिवारसम्म यस महामारीसँग जुझ्नका लागि सबै अमेरिकी राज्यले सङ्कटकाल घोषणा गरेका छन्। बीबीसी

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.