www.tandavnews.com
Fact ~ In search of truth

बिरगंजमा ३ जनामा कोरोना संक्रमण

संक्रमितको संसर्गमा आएका र गएका स्थानहरुमा कन्ट्याक्ट ट्रेसिङ सुरु

पोखरा
ताण्डव न्यूज ।

बिरगंजमा ३ जना कोरोना संक्रमीत भेटिएका छन् । उनिहरु पर्साको बिरगंज महानगरपालिका, वडा नं २ छपकैया स्थित मस्जिदमा शंकास्पद रुपमा रहेका थिए ।

सोही स्थानमा रहेका २१ जनाको परिक्षण गर्दा ३ जनाको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा ३ जनाको थ्रोट स्वाब परिक्षण गर्दा पोजिटिभ देखिएपछि कन्फर्मेसनका लागि शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पुनः परिक्षण गरिएको थियो ।

Batas

संक्रमित ब्यक्ति ३७, ५५ र ४४ वर्षका रहेको जनाइएको छ । उनीहरू तीनै जना भारतीय नागरिक भएको जनाइएकाे छ ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.