www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरद्धारा गण्डकी प्रदेशलाई पिपिई हस्तान्तरण

पोखरा ।

पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरामा एक कार्यक्रमबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले एकसय थान पिपिई हस्तान्तरण गरे ।

मुख्यमन्त्री गुरुङले उक्त सामग्री बुझ्दै विश्वव्यापी रुपमा पैmलिएको कोभिड–१९ कोरोना भाइरस रोगको सङ्क्रमण रोकथामका लागि प्रदेश सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरे ।

Batas

महानगरपालिकाले यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि एक सय थान पिपिई उपलब्ध गराएको थियो । मुख्यमन्त्री गुरुङले पिपिई प्रदान गरेकामा महानगरपालिकालाई धन्यवाद दिए ।

महानगर प्रमुख मानबहादुर जिसीले शिशुवा अस्पताललाई र मातृशिशु मितेरी अस्पताललाई ४०/४० थान पिपिई प्रदान गरिने कार्यक्रम रहेको जानकारी दिए । कास्कीका चारवटै गाउँपालिकालाई पनि १०/१० वटा पिपिईसँगै रुपा, मादी, माछापुच्छे« र अन्नपूर्ण गाउँपालिकाका अध्यक्षलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिने तयारी गरिएको उनको भनाइ छ ।  (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.