www.tandavnews.com
Fact ~ In search of truth

भारतमा मे ३ सम्म लकडाउन

काठमाडौं ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन जारी लकडाउन भारतले मे ३ सम्मलाई लब्याएको छ। मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले लकडाउन लम्ब्याइएको घोषणा गरेका हुन्।

लकडाउनलाई पहिलेभन्दा थप कडाइ गरिने मोदीको भनाइ छ। भारतमा कोरोना संक्रमण बढ्दै गएपछि लडकाउन थप्नुपरेको उनले बताए।

Batas

सम्बोधनमा उनले लकडाउनका कारण जनताले कष्ट व्यहोर्नुपरेको भन्दै मोदीले जनताको त्यागका प्रति सरहाना व्यक्त गरे। उनले लकडाउन नगरिएको भए अवस्था झन् खराब हुनसक्ने बताए। उनले सामाजिक दूरीका माध्यमबाट नै महामारीलाई नियन्त्रण गर्न सकिने बताए।

मोदीले कोरोनासँगको लडाइँमा जनताको साथ माग्दै जो जहाँ छन्, उहीँ रहन आग्रह गरे।

यसअघि गत मार्च २४ (चैत ११ गते) भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमार्फत तीन हप्ताका लागि डकडाउन घोषणा गरेका थिए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.