www.tandavnews.com
Fact ~ In search of truth

सङ्क्रमण नदेखिए पनि एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौँ ।

क्वारेन्टाइनमा १४ दिन बसेर पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएका व्यक्ति पनि थप सात दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘कोभिड १९को प्रयोगशाला जाँचको राष्ट्रिय निर्देशिका–२०७७’ मा विदेशबाट आएका र क्वारेन्टाइनमा १४ दिनदेखि बसिरहेका कोभिड–१९ को लक्षण चिह्न नदेखिएका व्यक्ति घरमा थप एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले परीक्षणलाई व्यवस्थित बनाउन निर्देशिका जारी गरिएको बताए । निर्देशिकामा प्रयोगशाला परीक्षणबाट पोजेटिभ (सङ्क्रमित) भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका तर घरमै क्वारेन्टाइनमा बसेका, १४ देखि २१ दिन पुगेका र कोभिड–१९ को लक्षण चिह्न नदेखिएका व्यक्ति पनि द्रुत परीक्षण कीट (¥यापिड डाइग्नोस्टिक टेस्ट) बाट परीक्षण गर्ने, क्वारेन्टाइनबाट घर पठाउने अवधि पुगेका र क्वारेन्टाइनमा बसेको १४ दिनभन्दा अघि नै आरटी पीसीआर विधिबाट जाँच गर्दा नेगेटिभ रिपोर्ट आएका व्यक्तिको पनि १४ देखि २१ दिनमा परीक्षण गर्ने उल्लेख गरिएको छ ।

Batas

यसैगरी पीसीआरबाट अस्पताल वा स्वास्थ्य संस्थामा कोभिड–१९ का शङ्कास्पद वा सङ्क्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र अन्य कर्मचारी कोभिड–१९ को लक्षण र चिह्नहरू देखिएका स्वास्थ्यकर्मीले अनिवार्य गर्नुपर्ने), प्रयोगशाला परीक्षणबाट पोजेटिभ (सङ्क्रमित) भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका लक्षण र चिह्न नदेखिएका व्यक्ति (संसर्गमा आएको ५–१४ दिनभित्रमा परीक्षण गर्ने) निर्देशिकामा उल्लेख गरिएको छ ।

यसैगरी अस्पतालमा भर्ना भएका निमोनिया र सास फेर्न गा¥हो भएका सबै बिरामी, इन्फ्लुएन्जा माहामारी भएको क्षेत्रका इन्फ्लुएन्जा नभएका (नदेखिएका) १० प्रतिशत नमूना, द्रुत परीक्षण किटबाट परीक्षण गर्दा पोजेटिभ आएका सबै र सोही प्रक्रियाबाट परीक्षण गर्दा नेगेटिभ आएकामध्ये १० प्रतिशत नमूनाको पनि पीसीआरबाट परीक्षण गर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।  (रासस)
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.