www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २० का अध्यक्ष गुरुङले दिए सरकारी तलबबाट विपन्न परिवारलाई राहात

सुशान्त गाहा मगर
ताण्डव न्यूज, पोखरा ।

कोरोना कहरका कारण आम नेपालीहरुको दैनिकी कष्टकर बनिरहेको समय आफ्नो सरकारी तलबले अति विपन्न परिवारलाई राहात प्रदान गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं. २० का अध्यक्ष सिम गुरुङले आफुले पाएको सरकारी सेवा सुविधाको रकमबाट ७६ घरधुरी परिवारका अति विपन्न र मजदुरहरुलाई खाद्यान्न सामाग्री वितरण गरेका हुन् । उनले आफ्नो वडामा रहेका अन्य विपन्न परिवारलाई महानगरले राहात प्रदान गरेको बताउदै छुटेका परिवारलाई व्यक्तिगत रुपमा सहयोग गरेको बताए । ‘मैले चुनाव ताका गरेको प्रतिवद्धतालाई सम्झेको छु, ‘उनले भने, ‘जनप्रतिनिधी चुनिपछि राज्यको कुनैपनि सेवा सुविधा उपभोग नगरी जनताकै पक्षमा खर्च गर्ने वचन वद्ध गरेको थिए । आज त्यही पुष्टि गर्दै छु ।’

Batas

वडा अध्यक्ष गुरुङले अति विपन्न र दैनिक ज्याला मजदुरी गरी बेलुका छाक टार्ने परिवारको चुल्हो बाल्न सफल भएकोमा आफुले विगतमा गरेको प्रतिवद्धतालाई स्मरण गर्दै हर्षित भएको बताए । अध्यक्ष गुरुङले दोश्रो चरणमा साविकको भलाम गाविसका अति विपन्न र मजदुर वर्गका परिवारलाई खाद्यान्न वितरण गर्ने जानकारी दिए ।

गुरुङले सो विपन्न परिवारलाई १ लाख २० हजार बराबरको खाद्यान्न वितरण गरेका हुन् । उनले यससँगै मौजा जाने सडक निर्माणमा काम गर्दै आएका ओखलढुंगाका तीन जना मजदुरहरुलाई समेत वडा अध्यक्ष गुरुङले राहत प्रदान गरे ।

राहात पाएपछि खुशि हुदै इन्द्रसिंह लामाले भने, ‘खानेकुरा केही थिएन । खोला किनारमा पाईने पाइने जलुका, सागपात खाने गरेका थियौ । अब चाँही यै राहातको भरमा दिन कटाउछौ ।’

उनले आफुहरुलाई सडक निर्माण कम्पनीको ठेकेदारले समेत वास्ता नगरेको बताउदै घर फर्कन पैसा अभाव भएकोले जेनतेन दैनिकी बताईरहेको बताए । उनले प्राप्त गरेको राहातले अबको एक महिना सहजै खान पुग्ने बताउदै वडा अध्यक्ष प्रति आभार व्यक्त गरे ।

त्यस्तै पोखरा महानगर २० आंटीघरका कुमारी परियारले पनि आफुहरु लकडाउनका कारण दैनिक मजदुरी गर्न नपाएको बताउदै मजदुरी गर्न नपाउदा घरको चुल्हो निभेको गुनासो गरिन् । उनले महानगरबाट वितरण गरेको राहतबाट वञ्चित भएको सुनाउदै भनिन् , ‘पहिला बाडेको पनि पाएको थिईन, निकै धौ भएको थियो । आज अध्यक्ष ज्यूले दिएपछि निकै खुशी लागेको छ । धन्यवाद दिन चाहान्छु ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.