www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका होत बहादुर र सागर ‘पुलिस अफ द मन्थ’

सुशान्त गाहा मगर
ताण्डव न्यूज, पोखरा ।

कास्की प्रहरीले हरेक महिना प्रोत्साहान स्वरुप प्रदान गर्दै आएको उत्कृष्ट प्रहरीको उपाधि प्रहरी नायब निरिक्षक होत बहादुर रोकाहा र प्रहरी जवान सागर दर्जीले पाएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच गत चैत्र महिनाको उत्कृष्ट प्रहरीको उपाधि प्रहरी द्वय रोकाहा र दर्जीले पाएका हुन् ।

Batas

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले प्रहरी द्वयलाई प्रशंसापत्र र नगद राशीले पुरस्कृत गरे ।

सो अवसरमा बधाई ज्ञापन गर्दै एसपी कार्कीले उनीहरुलाई पाएको पुरस्कारको प्रतिष्ठा कायम गर्न समेत सुझाए । उनले पुरस्कार पाउन भन्दा बढि गाह्रो पुरस्कारको ईज्जत जोगाउन रहेको बताउदै सोही अनुरुप काम गर्न निर्देशन दिए ।

पुरस्कृत प्रहरी नायब निरिक्षक होत बहादुर रोकाहा प्रहरी समुदाय साझेदारी शाखामा र प्रहरी जवान सागर जिल्ला प्रहरी कार्यालय कास्कीको प्रवन्ध शाखामा कार्यरत छन् ।

‘पुलिस अफ दि मन्थ’ को उपाधिले हरेक प्रहरीको मनोबल बढाउने र कार्यसम्पादन गर्न थप हौसला मिल्ने भएकाले हरेक महिना सो पुरस्कार प्रदान गर्दै आएको कास्की प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.