www.tandavnews.com
Fact ~ In search of truth

प्रिमनसुन सक्रिय, अझै केही दिन हावाहुरीसहित वर्षा हुने

काठमाडौं ।

मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीबाट नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी वायु र प्रिमनसुन सक्रिय भएकाले अझै दुई/तीन दिन काठमाडौं उपत्यकासहित देशका धैरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार आर्यालले बताए ।

Batas

उनकाअनुसार दुई/तीन दिनसम्म अझै प्रायः अपराह्नपछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने देखिन्छ ।

उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भइरहेको छ ।

बिहान आकाशमा डम्म बादल लाग्ने, बेला–बेलामा घाम लाग्ने र दिउँसोतिर मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक वर्षा हुने गरेको छ ।

अहिले प्रिमनसुन (मनसुन सुरु हुनुभन्दा पहिले)को समय भएकाले यस्तो मौसमी गतिविधि भइरहेको र प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रिमनसुनमा विशेषगरी स्थानीय वायु सक्रिय हुने हुनाले हावाहुरी चल्ने र चट्याङ पर्नेजस्ता संकेत देखिन्छ । अंग्रेजी महिनाको मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुनी समय मान्ने गरिन्छ ।

शनिबार (भोलि) देशभर आंशिकदेखि सामान्य बदली रही देशका मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली भइ पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको औंल्याइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम १६.५ डिग्री र अधिकतम् तापक्रम २७.० डिग्री सेल्सियस रहेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.