www.tandavnews.com
Fact ~ In search of truth

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्याे, साढे ५ लाख निकाे भए

एजेन्सी ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ५४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको हो ।

यसैगरी संसारभर संक्रमित हुनेको संख्या २२ लाख ४८ हजारभन्दा बढी भएको छ । कोभिड–१९ बाट ५ लाख ७१ हजार व्यक्ति भने उपचारपछि निको भई घर फर्किएका छन् ।

Batas

सबैभन्दा बढी संक्रमित अमेरिकामा ७ लाख ९ हजार नाघेको छ । कोरोनाबाट अमेरिकामा ३७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकापछि बढी प्रभावित इटालीमा २२ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ७२ हजार नाघेको छ । स्पेनमा २० हजारभन्दा बढीको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ९० हजार नाघेको छ ।

फ्रान्समा १८ हजार ६ सयभन्दा बढीको मृत्यु हुँदा एक लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् । बेलायतमा १४ हजार ५ सयभन्दा बढीको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ८ हजार नाघेको छ ।

यसैगरी इरानमा ४९५८, बेल्जियममा ५१६३, जर्मनीमा ४३५२, चीनमा ४६३२, नेदरल्याड्समा ३४५९, ब्राजिलमा २१४१, स्वीडेनमा १४०० जनाको मृत्यु भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.