www.tandavnews.com
Fact ~ In search of truth

उदयपुरमा सङ्क्रमितसँगै बसेका एक सुनसरीका

इनरुवा ।

कोरोना भाइरसको सङ्क्रमितसँगै उदयपुरको भुल्केमा बसेका एक जना सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका रहेका छन् ।

कोरोना सङ्क्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्तिसँगै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–५ का ४६ वर्षीय एक जना रहेको नेपाल मुस्लिम सङ्घ प्रदेश नं १ का अध्यक्ष हाजी इसराइल मन्सुरीले बताए ।

Batas

सङ्क्रमित समूहसँगै १० दिन बसेर फर्किएको सूचनाका आधारमा उनलाई क्वारेन्टाइनमा पठाइएको छ । घरमा लुकेर बसेको गाउँलेले सूचना दिएपछि प्रहरीसहितको टोलीले स्वास्थ्य परीक्षणसँगै क्वारेन्टाइनका लागि विराटनगर पठाएको हो । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.