www.tandavnews.com
Fact ~ In search of truth

सोलुखुम्बुमा ड्यूटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु

सोलुखुम्बु ।

सेवामा खटिएका प्रहरी हवल्दारको आज मृत्यु भएको छ । अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज शिवप्रसाद भट्टराईको बिहान करीब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएकामा बेहोश हुँदाहुँदै मृत्यु भएको हो । भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका श्रीमती तथा दुई छोरा र एक छोरी छन् ।

Batas

अहिले उनको शव घर पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.