www.tandavnews.com
Fact ~ In search of truth

एन.टी.एच.एम.सीले शुरु गर्‍याे अनलाइन कक्षा

पोखरा ।

नेपाल दुरिजम् एण्ड होटल मेनेजमेन्ट कलेज, पोखराले अनलाइन कक्षा सुरु गरेकाे छ ।

कोरोना भाइरस(कोभिड १९) संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण आक्रान्त भएको बेला विद्यार्थीहरुमा यसको मनोवैज्ञानिक असर नपरोस र विद्यार्थीहरुलाई पठन पाठनवाट टाढा रहन नदिनको लागि अनलाइन कक्षा सञ्चालनमा ल्याइएको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले बताए । बैशाख ५ बाट अनलाइन कक्षा शुरु गरिएको उनले जनाए ।

Batas

हालका लागि बि.एच.एम तेश्रो सेमेस्टर र कक्षा ११ को एकाउन्ट विषयमा दैनिक रुपमा अनलाइन क्लास सुरु गरिएको छ । वि.एच.एम को ११ देखि १२ बजे र कक्षा ११ को १२.३० देखि १.३० सम्म अनलाइन क्लासहरु संचालन भैरहेका छन् । कलेजमा पढाउने शिक्षक सूर्य गिरिले कक्षाहरु लिदै आएका छन् ।

आवश्यक परेमा अरु विषयको पनि अनलाइनमा क्लास संचालन गर्ने प्रिन्सिपल रेग्मीले बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.