www.tandavnews.com
Fact ~ In search of truth

बेँसीशहर नगरपालिकाकाे क्वारेन्टाइनबाट भाग्नेको खोजी

लमजुङ ।

बेँसीशहर नगरपालिका– ७ सहजीमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनबाट भागेका एक युवकको प्रहरीले खोजी गरिरहेको छ । कोरोना भाइरस संक्रमण रोक्न लागु गरिएको लकडाउनका बेला चितवनबाट लमजुङ आइपुगेका पूर्णबहादुर मिजारलाई आइतबार उक्त क्वारेन्टाइनमा राखिए पनि त्यहाँबाट सोही दिन भागेपछि नगर प्रहरीले खोजी तीव्र बनाएको छ ।

घरमा आमा र बहिनी बिरामी हुनुहुन्छ भन्दै चितवनबाट साइकलमा बँेसीशहर आइपुगेका नगरपालिका ६ पुमागाउँका १८ वर्षीय मिजार क्वारेन्टाइनबाट सम्पर्कविहीन भएपछि खोजिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । बाहिरी जिल्लाबाट आएकाले उनलाई क्वारेन्टाइनमा राखिएको र भागेपछि घरमै प्रहरी पुग्दा त्यहाँबाट पनि जंगल भागेपछि हालसम्म नभेटिएको उनले जानकारी दिए ।

Batas

उक्त क्वारेन्टाइनमा नौ जना छन् । त्यहाँ सशस्त्र र नेपाल प्रहरीका दुईदुई प्रहरी सुरक्षामा खटिएका छन् । उनीहरुको आँखा छलेर ती युवक फरार भएका हुन् । उनकी आमा र बहिनीको हात भाँचिएको वडाध्यक्ष भोजबहादुर रिमालले बताए ।

मिजार क्वारेन्टाइनबाट भागेपछि घर पुगेर लुगा फेरी फरार भएका थिए । घरको परिवारले कपडा छोएकाले तीसमेत क्वारेन्टाइनमा बस्नका लागि तयार रहेको वडाध्यक्ष रिमालको भनाइ छ । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.