www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमाञ्चल अस्पतालमा स्वचालित सेनिटाइजर टनेल

पाेखरा । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पूर्वपट्टिको ढोकामा स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ । प्रोगेसिभ इञ्जिनीयर्स एशोसिएशन गण्डकीले उक्त टनेल निर्माण गरेको हो ।

उक्त टनेलले पाँच सेकेण्डमा पूरा शरीर निःसङ्क्रमण गरिसक्ने छ । स्वचालित सेनिटाइजर टनेल बनाउँदा रु एक लाख ५० हजार खर्च भएको छ ।

Batas

टनेलको प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले आज शुभारम्भ गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापालाई हस्तान्तरण गर्दै इञ्जिनीयरहरुले कोरोना रोकथाममा प्रविधिको प्रयोगलाई जोड दिएर जोखिम न्यूनीकरणको थालनी गर्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठाका उपकुलपति डा थापाले सेनिटाइजर टनेलले अस्पतालमा कोरोनाको संक्रमण फैलिन नदिन सहयोग पु¥याउने बताए। एशोसिएशन गण्डकीका कार्यवाहक अध्यक्ष महेन्द्रबहादुर गोदारले टनेलले पूरा शरीर सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरस मार्ने बताए ।

इञ्जिनीयरले प्राविधिक शिक्षाको उपयोग गरी टनेल निर्माण गरेको एशोसिएशनका सचिव सुरेश तिमिल्सेनाले बताए ।  (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.