www.tandavnews.com
Fact ~ In search of truth

कास्की : लकडाउन अवधिमा महिला हिंसा र जबरजस्ती करणीका ६ मुद्धा दर्ता (घटनाक्रमसहित)

सुशान्त गाहा मगर
ताण्डव न्यूज, पोखरा ।

कोरोना कहरका कारण लकडाउन खेपिरहेको कास्कीमा पछिल्लो समय महिला हिंसा र जबरजस्ती करणी उद्योगमा ६ मुद्धा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा लकडाउनको आदेश जारी भएदेखी (गत चैत ११ गते) सोमबार सम्म दुई मुद्धा महिला हिंसामा र चार मुदा जबरजस्ती करणीमा दर्ता भएका हुन् ।

Batas

कास्की प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले तुलनात्मक रुपमा कास्कीमा गत महिना भन्दा कम भएको बताए । उनले फोन मार्फत सुचना आएपछि प्रहरी पिडितको घरमै पुगेर घटना विवरण लिएको बताउदै भने, ‘विदेशीको केसमा भने उनी आफै आएकी थिईन, माथि लुम्लेमा घटना भएपछि स्थानिय प्रहरीले यहाँ ल्याउन सघाएको थियो ।’

एसपी कार्कील ६ वटै घटनमा संलग्न दोषीहरुलाई पक्राउ गरि कारवाहीको प्रक्रियामा रहेको बताए । ‘यो पहिलो पटक नै गर्दैछौ पक्राउ पर्ने सबैको आर.डी.टी र पीसीआर गरेर मात्रै अदालत पठाउछौं, कार्कीले भने, ‘एकपटक अहिले गर्छाै फेरी पछि कारागार चलान हुने निधो भएपछि त्यो बेला पनि गर्नेछौ ।’

एसपी कार्कीका अनुसार मादक पदार्थ सेवन गरी कुटपिट गर्ने, टर्चर दिने तथा विभिन्न लान्छना लगाउने जस्ता घटना महिला हिंसामा दर्ता भएको छ भने जबरजस्ती करणी तर्फ परिवार भन्दा बाहिरको व्यक्तिबाट घटना भएकोे छ ।

जबरजस्ती करणीमा दर्ता भएका केही घटनाक्रमहरु :

घटना नं. १

एक विदेशी नागरिक कुकुर डुलाउदै खेतमा हिडिरहेकी हुन्छिन । उनलाई पछ्याउदै त्यही बस्ती आसपासको युवा पछि लाग्छ र सामान्य बोलचाल हुन्छ । केही समय पछि हाँस्ने, नाँच्ने र ठट्टा गर्ने सम्म हुन्छ । केही पर जंगलजस्तो ठाउँमा पुगेपछि सो युवाले जबरजस्ती करणीको लागी प्रयास गर्छ । पिडितले पीडकलाई ढुङ्गा प्रहार गर्छ र पीडकले साथमा भएको हसिया प्रहार गर्छ । हार गुहार माग्दै पिडित भाग्न सफल हुन्छिन र नजिकैको प्रहरीकोमा पुगरेर निवेदन दिन्छिन् ।

घटना नं. २

उमेर नपुगेका (बिस वर्ष) केटा र केटी प्रेममा बाँधिएका हुन्छन् । केटीले आफ्नो परिवारलाई प्रेम विवाह गर्न नपाए मृत्युवरण गर्ने सम्म धम्की दिन्छिन् । दुवैजना घर छाडी हिड्छन् । केही रात घरबार बिहिन हुन्छन् । केटीको परिवारले खोजतलास गर्छ र उक्त केटा विरुद्ध जबरजस्ती करणीको मुद्धामा जाहेरी दिन्छन् ।

घटना नं. ३ र ४ (एउटै प्रकृतिका)

एक युवा । त्यही टोलमै बस्दै आएको छ । पिडित बालिका जो छिमेकी हो । उसले ति बालिकालाई पहिल्यै देखी नियालीरहेको हुन्छ । उसले ती बालिकालाई शुन्य मौका छोपेर फकाउदै अप्राकृतिक मैथुनको शिकार बनाउँछ । र अन्तत: कास्की प्रहरीको फन्दामा पुग्छ ।

*नाम, ठेगाना र उमेर गोपनियाताको लागि उल्लेख गरिएको छैन ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.