www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश प्रहरी प्रमुखमा डिआइजी अर्याल

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखमा डिआइजी घनश्याम अर्याल आउने भएका छन् ।  हालै एसएसपीबाट बढुवा भएका उनि प्रहरी प्रधान कार्यालयबाट गण्डकी आउने भएका हुन् ।

डिआइजी अर्यालले २०७२/७३ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा एसपीको कमाण्ड सम्हालेका थिए । सोही बेला उनि एसएसपीमा बढुवा भएका थिए । अर्याल यहि साता गण्डकी प्रदेश प्रमुखको जिम्मा सम्हाल्न आइपुग्ने छन् ।

Batas

सोमबार प्रहरी महानिरीक्षकले दर्ज्यानी चिह्न प्रदान गरे लगत्तै १० जना डिआइजीको पदस्थापन गरिएको हो । बढुवा गरिएकामध्ये ७ जना डीआईजीलाई प्रदेश प्रहरीको नेतृत्व दिइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.