www.tandavnews.com
Fact ~ In search of truth

मुम्बईमा ५३ पत्रकारमा कोरोना पाेजिटिभ

मुम्बई ।

भारतको मुम्बई सहरमा कोरोनाको रिपाेर्टिङ गरिरहेका पत्रकारमा पनि काेराेना पोजिटिभ देखिएको छ।

५३ जना पत्रकारलाई कोरोना लागेकाे पुष्टि भएको आजतकले जनाएको छ। उनीहरुलाई आइसोलेसनमा पठाइएको छ। यसरी कोरोना पुष्टि भएका अधिकांशमा काेराेनाकाे कुनै पनि लक्षण देखिएको थिएन। १७१ पत्रकारको कोरोना परीक्षण गर्दा ५३ जनामा पाेजिटिभ देखिएकाे हो। यसरी परीक्षण गरिएका फिल्डमा रहेका रिपाेर्टर, क्यामेर पर्सनलगायत थिए।

Batas

गत साता मुम्बईमा फिल्डमा रिपाेर्टिङ गरेका पत्रकारहरुलाई कोरोना परीक्षण गरिदिन भन्दै मुम्बई महानगरपालिकालाई अनुरोध गरिएको थियो। उनीहरुको आग्रहपछि महानगरले १७१ जना पत्रकारको कोरोना टेस्ट गरेको थियो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.