www.tandavnews.com
Fact ~ In search of truth

प्यारामाउण्ट पब्लिकका प्रिन्सिपल गुरुङ बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान

पोखरा
ताण्डव न्यूज ।

पोखरा–१० रामघाटमा रहेको प्यारामाउण्ट पब्लिक स्कुलका संस्थापक प्राचार्य ‘प्रिन्सिपल’ श्रीमान गुरुङ पुर्पक्षका लागि जेल चलान भएका छन् । बलात्कारको अरोपमा पक्राउ परेका गुरुङलाई चितवन जिल्ला अदालतले वैशाक ३ गते पुर्पक्षकालागि जेल चलान गर्ने आदेश दिएको स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

चैतमा २१ वर्षीय एक युवतीले गुरुङ विरुद्ध जाहेरी दिएको इलाका प्रहरी कार्यालय मुग्लिनका इन्स्पेक्टर कन्चन तामाङले बताए । ‘युवती आफै आएर आफुमाथी बलात्कार भएको भन्दै जाहेरी दिएर आएपछि हामीले श्रीमान गुरुङलाई कुरिन्टारको एक होटलबाट पक्राउ गरेका थियाैँ ,’ उनले भने, ‘अहिले उनी पुर्पक्षका लागि जेल चलान भएका छन् । अनुसन्धान सकियो, मुद्धा सुनुवाई हुन बाँकी छ ।’

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.