www.tandavnews.com
Fact ~ In search of truth

पानी नपाएको भन्दै वडाध्यक्षमाथि कुटपिट

जाजरकोट ।

जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गए राति एक समूहले कुटपिट गरेको छ । कुटपिटबाट नेपाली घाइते हुनुभएको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए । कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आक्रमणकारीको खोजीका लागि प्रहरी कार्यालय पञ्चालाबाट टोली खटिएको थियो । खानेपानीको व्यवस्था नगरेको भन्दै कुटपिट भएको बताइएको छ । घाइते अध्यक्ष नेपालीलाई उपचारका लागि सुर्खेत लगिएको बस्नेतले जानकारी दिए। (रासस)

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.