www.tandavnews.com
Fact ~ In search of truth

विदेशबाट आएका र कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका सात सय २६ को र्‍यापिड टेष्ट

चितवन ।

जिल्लामा विदेशबाट आएका र कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ७२६ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट गरिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार माडी नगरपालिकामा पाँचजना र राप्ती नगरपालिकाका केही व्यक्तिको अझै परीक्षण गर्न बाँकी छ ।

कोरोना सङ्क्रमणको शुरुआतिमा प्रशासन कार्यालयबाट उपलब्ध गराइएको तथ्याङ्कअनुसार परीक्षणको काम सम्पन्न भएको भए पनि महानगरमा पछिल्लो समय विदेशबाट आएकाको तथ्याङ्क ठूलो सङ्ख्यामा रहेको जानकारी आएको उनले बताए । विदेशबाट नेपाल आएकाको तथ्याङ्क महानगरपालिकामा दुई हजारभन्दा बढी रहेको पछिल्लो तथ्याङ्कले देखाएको र उनीहरुको पहिचान गर्ने काम भइरहेको तिवारीले जानकारी दिए ।

Lama collectio News Middle

पहिचानका लागि वडाध्यक्षहरुको नेतृत्वमा काम भइरहेको छ । महानगरको ग्रामीण क्षेत्रमा पहिचानका लागि सहज हुने भए पनि शहरी क्षेत्रमा समस्या रहेको उनको भनाइ छ । पहिचानसँगै उनीहरुलाई भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसिआर परीक्षण गर्ने र ¥यापिट टेष्ट गर्ने काम भइरहेको तिवारीले जानकारी दिए । जिल्लामा ¥यापिट टेष्टका क्रममा दुईजनामा सङ्क्रमण देखिएको र उनीहरुको पिसिआर परीक्षणमा नेगेटिभ देखिएको छ । एक महिलामा शङ्कास्पद देखिएकामा उनको नतिजा पोजेटिभ आएको थियो ।

यसैबीच यहाँ शुरु गरिएको भरतपुर कोभिड–१९ प्रयोगशालामा हालसम्म ३३० वटा स्वाब परीक्षण गरिएको छ । जसमध्ये दुईजनाको शङ्कास्पद देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको र त्यहाँबाट कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । प्रयोगशाला चैत २१ गतेदेखि सञ्चालनमा आएको हो ।

प्रयोगशाला सञ्चालनमा आउनुअघि र प्रयोगशालामा परीक्षण किट अभाव भएपछि ६३ नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्र्रयोगशाला टेकु र प्रदेश प्रयोगशाला हेटौँडा पठाइएको उनले जानकारी दिए । सङ्क्रमित एकै परिवारका दुईजनालाई भरतपुर अस्पतालमा राखी उपचार गरिएको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery