www.tandavnews.com
Fact ~ In search of truth

उदयपुरमा कोरोना सङ्क्रमति बढ्दै गएपछि लहानमा त्रास, आवतजावत पूर्ण रुपमा रोक्न माग

लहान ।

उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना भाइरस(कोबिड १९) को सङ्क्रमण पुष्टी भएपछि उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न यहाँका स्थानीयवासीले माग गरेका छन् ।

उनीहरुले छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमित भेटिएकाले सिरहाको लहान उच्च जोखिमा परेको भन्दै उदयपुर जिल्लाबाट हुने गरेको आवतवाजत पूर्णरुपमा रोक्नुपर्ने माग गरेका हुन् ।

Batas

उदयपुरको विभिन्न स्थानबाट सर्वसाधारण लहान आउने र लहानबाट उदयपुरतर्फ आवतजावत भइरहेकाले लहान पनि उच्च जोखिममा रहेको भन्दै नागरिक समाजका अगुवाहरुले उदयपुरबाट हुने आवतजावत तत्काल रोक्न स्थानीय प्रशासनसँग माग गरेका छन् । आवतजावत रोक नलगाए स्थिति भयावह हुन सक्ने भएकाले लहानको पूर्वी प्रवेश नाकाबाट सर्वसाधारणको प्रवेशमा पूर्ण रुपमा रोक लगाउनुपर्ने नागरिक अगुवा रामानान्द गुप्ताको भनाइ छ ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा कोरोना सङ्क्रमितको संख्या २४ जना पुगेपछि सिरहाको लहानमा त्रास बढेकाे हो । कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरेको बिगत एक महिनादेखि दैनिक जीवन प्रभावित हुँदै आएको छ । यता सुरक्षाकर्मीले लकडाउन पालना गराउन सडकमा चेकजाँजलाई कडाई गरेका छन् । (रासस)
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.