www.tandavnews.com
Fact ~ In search of truth

कोरोना अपडेट : सङ्क्रमितको सङख्या ४७ पुग्याे

काठमाडौँ ।

थप दुई जनासहित कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा आज थप दुई व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । मन्त्रालयका अनुसार उदयपुरका ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

त्यसैगरी हालसम्म कोराना भाइरसबाट निको हुनेको सङ्ख्या नौ पुगेको छ । केही दिन अगाडि काठमाडाँैको पेप्सीकोलास्थित सनसीटी अपार्टमेन्टमा देखिएको कोरोना सङ्क्रमित दुवै व्यक्ति निको भई आज डिस्चार्ज भएका छन् । पाटन अस्पतालमा उपचाररत ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला निको भई घर फर्किएका हुन् ।

Batas

कोरोना भाइरसको रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुवै विधिबाट हालसम्म ४३ हजार ७२२ जनामा परीक्षण सम्पन गरिएको छ । जसमा पिसिआर नौ हजार १९९ र आरडिटी ३४ हजार ५२३ मा परीक्षण गरिएको मन्त्रालयले जनाएको हो । क्वरेन्टाइनमा बस्नेको सङ्ख्या १० हजार ५७१ छ । अहिलेसम्म आइसोलेशनमा ८६ रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा चार छन् भने उपत्यका बाहिर ८२ जना रहेका छन् । रेड जोनमा हालसम्म २७८ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा सन्तोष पौडेलले आफ्नो अस्पतालले अत्यावश्यक सेवा र ओपीडी सेवालाई निरन्तरता दिइएको बताए । उनले स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिईको व्यवस्था गरी उपचारमा खटिएको बताए ।

उनका अनुसार अस्पतालले अनलाइन र फोनका माध्यमबाट पनि बिरामीको स्थिति बुझ्ने गरेको बताए । जो कसैलाई पनि समस्या परेमा अस्पतालको फोन नम्बर ०१४२२५२७५ र ९८४०८८३०५५ मा सम्पर्क गरी जानकारी लिन सकिने अस्पतालका प्रमुख पोडेलको भनाइ छ । रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.