www.tandavnews.com
Fact ~ In search of truth

कोभिड महासंकटमाथि विजय हुन्छः मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भूकम्पपछि सिङ्गो देश उच्च आत्मबल र धैर्य बटुलेर एक आपसमा सहकार्य र सहयोेगको भावनाका साथ उद्धार, राहत र पुनर्निर्माण अभियानमा जुटेको बताएका छ ।

छैटौँ गोरखा भूकम्प स्मृति दिवसका अवसरमा आज सन्देश दिँदै उनले कोभिड–१९ ले निम्त्याएको महासंकटमाथि विजय प्राप्त गर्न हामी सबैलाई अवश्य प्रेरणा दिनेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।

Batas

मुख्यमन्त्री गुरुङले कोरोना भाइरसको संक्रमणबाट जोगिन पूर्वसतर्कता अपनाउनु सबैका लागि अपरिहार्य भएको बताउँदै बन्दाबन्दीको पूर्णपालनासहित यसबाट बच्ने उपायका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले जारी गरेका निर्देशन र सूचनालाई व्यवहारमा पूर्ण कार्यान्वयन गर्नका लागि सबैमा आग्रह गरेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.