www.tandavnews.com
Fact ~ In search of truth

मेट्रोपोलिटनमा एसईईका विद्यार्थीलाई अनलाइन कक्षा

पोखरा ।

लकडाउनले ठप्प बनेका विद्यालय तथा क्याम्पसहरुले अनलाइन कक्षा सञ्चालन गर्न थालेका छन्

यसैबीच मेट्रोपोलिटन एकेडेमी पोखराले आफ्ना विद्यार्थीलाई किताबी ज्ञानबाट टाढा हुन नदिन अनलाइन कक्षा सञ्चालन गरेको छ । मेट्रोपोलिटनले विशेष गरि कक्षा १० का बिद्यार्थीहरुको लागि अनलाइनबाट पठन पाठन सञ्चालन गर्दै आईरहेको छ ।

Batas

विद्यार्थी देशका कर्णधार हुन् भन्ने कुरालाई आत्मासाथ गर्दै लकडाउन को समयमा कक्षा १० का विद्यार्थीहरुलाई अनलाइन शिक्षा दिदैँ आइरहेको एकेडेमीले जनाएको छ । विगत १ महिना देखि भएको बन्दाबन्दीलाई पूर्ण रुपमा पालना गरि घरमै बसिरहेका आफ्ना विद्यार्थीहरुको एसईई परीक्षाको तयारीलाई निरन्तरता दिनको लागी अनलाइन कक्षा सञ्चालन गरिएको एकेडेमीका प्रध्यानाध्यापक दुर्गा प्रसाद शर्माले बताए ।

अनलाइन कक्षाबाट विद्यार्थीले पुनः दोहोर्याएर पढ्न पाउने, घरमै बसी पढिरहेको अवस्थामा नबुझेको कुरा शिक्षकलाई सोध्न पाउने भएकाले यसले एसईई परीक्षाको लागि विद्यार्थीलाई पूर्ण तयारी अवस्थामा रहन मद्दत पुग्ने शर्माले जनाए ।

आगामी दिनमा महामारीको र लकडाउनको अवस्था हेरेर अन्य कक्षाहरुको पनि अनलाइन कक्षा सञ्चालन गर्ने प्रधानाध्यापक शर्माले बताए । साथै यस अवसरको पूर्ण सदुपयोग गरि उचित लाभ लिन आफ्ना विद्यार्थीलाई उनले आग्रह गरेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.