www.tandavnews.com
Fact ~ In search of truth

कोरोना अपडेटःविश्वभर ज्यान गुमाउनेको संख्या एक लाख ९१ हजार ७९१

नेपालमा हाल संक्रमित ४८, १० जना निको भए

पोखरा।

विश्वभर कोभिड- १९ का कारण ज्यान गुमाउनेको संख्या १ लाख ९१ हजार ७ सय ९१ पुगेको छ। कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७ लाख ४५ हजार ४ सय ६९ पुगेको छ । ७ लाख ५५ हजार ४ सय ६२ जना निको भएका छन् । नेपालमा संक्रमित भएको ४८ जना मध्ये १० जना निको भएका छन् । हालसम्म ९ हजार ४ सय ७ जनाको परिक्षण भएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ४८ पुगेको छ ।

हिजो (बिहीबार) पुनः कोभिड–१९ को परीक्षणका क्रममा भोजपुरका २६ वर्षीय पुरुषमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

Lama collectio News Middle

उनले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोभिड–१९ को संक्रमण देखिएको अधिकारीले बताए । संक्रमितलाई आइसोलेशनमा राखिएको छ ।ती पुरुष गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएको जनाइएको छ । यसअघि बिहीबार नै दुई जनामा संक्रमण देखिएको थियो ।

जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा संक्रमण देखिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop