www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरको राहत कोषमा चार करोड सात लाख

पोखरा ।

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । आजसम्म महानगरको कोषमा चार करोड सात लाख ३३ हजार ४९ जम्मा भएको छ ।

कोषमा निर्माण व्यवसायी समिति पोखराले एक लाख एक हजार पाँच र सगरमाथा माबिबाट ५० हजार, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीले २४ हजार ५००, कलम बचत तथा ऋण सहकारी संस्थाले २५ हजार, नेपाली एकता मञ्च बेल्जियमका सदस्य चन्दकुमारी गुरुङले २० हजार उपलब्ध गराएको छ ।

Batas

महानगरपालिकाले दुई करोड र गण्डकी प्रदेश सरकारको एक करोडबाट शुरु गरिएको राहत कोषमा विभिन्न संघ संस्था र व्यक्तिबाट सहयोग प्राप्त भएको महानगर प्रमुखका प्रेस संयोजक माधव बरालले जानकारी दिए।

भौगोलिक हिसाबले सबैभन्दा ठूलो सो महानगरपालिकाका ३३ वडाका ३० हजार ७४५ घरपरिवारलाई लगभग तीन करोड ५० लाख बराबर राहत वितरण गरिसकिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले  बताए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.