www.tandavnews.com
Fact ~ In search of truth

साझा पार्टी कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ६४ प्वाइन्ट रगत संकलन

पोखरा ।

साझा पार्टी कास्कीले नेपाल रेडक्रसको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बेगनासताल र सृजनाचोक लगायतका ठाउँमा सम्पन्न कार्यक्रममा कुल ६४ जनाले रक्तदान गरेका थिए ।

बेगनासतालमा विहान ८ बजेबाट शुरु गरिएको कार्यक्रममा साझा पार्टी गण्डकी प्रदेशका संयोजक महेश भण्डारीले जिल्ला संयोजक अर्जुन खनाललाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

Batas

उक्त कार्यक्रममा बेगनासतालमा २३ जना र सृजनाचोकलगायतका अन्य स्थानमा मा ४१ गरी कुल ६४ जनाले रक्तदान गरेका हुन् ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रास र रोकथाम तथा नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि पोखरालगायत देशका विभिन्न ठाउँमा रगतको अभाव भएको न्यूज आईरहेका छन् ।

यस्तो बेलामा साझा पार्टीले समाजिक दूरी कायम गरी पूर्ण सतर्कताका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक अशोक खड्काले जानकारी दिए । “अहिले देशका विभिन्न ठाउँमा रगतको अभाव भएको खबरहरु बाहिर आए लगतै हामीले यो कार्यक्रम गरेका हौँ ।” उनले भने – “अहिले कोरोनाले नेपालमात्र नभई पुरै विश्व नै गुज्रिरहेको अवस्थामा सरकारको मात्र मुख ताक्ने, कुरा मात्र काट्नेभन्दा पनि हामीले पनि केही गर्नु पर्छ भनेर अहिलेको आवश्यकता हेरी रक्तदान कार्यक्रम गरेका हौँ ।” उनले कार्यक्रममा आएर सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद समेत व्यक्त गरेका थिए।

साझा पार्टीले कोभिड १९ का कारण भएको बन्दाबन्दीले रगतको अभाव परिपूर्ति गर्न रक्तदान कार्यक्रमलाई निरन्तरतामा संचालन गर्ने जनाएको छ। साझा पार्टी कास्कीका संयोजक अर्जुन खनालले पार्टीले गरेको छोटो सूचनाको भरमा रक्तदानमा उत्साहजनक सहभागी भएका सबै दातालाई धन्यवाद दिए। उनले भने – “रेडक्रससँगको सहकार्यमा अब हामी कास्कीका गाउँ गाउँमा घुम्ती रक्तदान कार्यक्रमको आयोजना गर्नेछौँ।”

कार्यक्रममा साझा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी अधिकारी, पोखरा महानगर संयोजक मनकाजी गुरुङ लगायत प्रदेश, जिल्ला र महानगर समितीका पदाधिकारी र सर्वसाधरणको उपस्थिती थियो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.