www.tandavnews.com
Fact ~ In search of truth

कावासोती : बैंकका शाखाहरुकाे लापरवाही, छैन कोरोना सतर्कता

माधव भुसाल
कावासोती, ताण्डव न्यूज ।

नवलपुर जिल्लाको कावासोतीमा रहेका बैंकहरुले कोरोना सतर्कता नअपनाइएको पाइएको छ । विभिन्न बैंकहरुको शाखा रहेको कावासोतीमा विश्व स्वास्थ्य संगठनसँगै नेपाल सरकारले कोरोना रोकथामकालागि जारी गरेको कुनै पनि सतर्कता नअपनाइएको पाइएको हो ।

शुक्रबार कावासोतीमा रहेका बैंकहरुमा स्थानीयहरुको भीडभाड थियो । तापक्रम नाप्ने कुरा त परै जाओस्, सामाजिक दुरी समेत कायम गरिएको थिएन ।

Batas

विश्व स्वास्थ्य संगठनले कोरोना रोकथामका लागि सामाजिक दुरीलाई पनि महत्वपुर्ण अस्त्र भनेको छ । तर बैंकका शाखाहरुले हेलचेक्रयाईं गर्दै कोरोना सतर्कतामा ध्यान नदिएको पाइएको छ ।

बैंकहरुले आफ्ना शाखाहरु रोटेसन गरेर खोल्न दिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्व का प्रमुख तथा एसपी दीपक रेग्मीले बताए । लकडाउनको सुरुवाती दिनहरुमा खोल्न नदिएपनि पछि बैठक बसेर सुरक्षा विधि अपनाएर बैंकहरु खोल्न दिइएको उनको भनाई थियो ।

सामान्य सुरुक्षा विधिपनि नअपनाइएको बारे ताण्डव न्यूजले प्रश्न गरेपछि एसपी रेग्मीले अबका दिनमा मनिटरिङ गर्ने बताएका छन् । ‘बैठक बसेर हामीले बैंकहरु खोल्न दिएका हौं । सुरक्षा सतर्कता अपनाएरै गर्न भनेको होँ । नअपनाएको रहेछ भने हामीले मनिटरिङ गर्ने छौं’ उनले भने ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.