www.tandavnews.com
Fact ~ In search of truth

तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं ।

केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुका साथै बंगालको खाडी÷अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले देशभर बदलीसँगै वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले बताए । उनका अनुसार यी प्रणालीहरुको सम्मिश्रण हुनुका साथै प्रिमनसुन सक्रिय रहेकाले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ ।

Batas

प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्दछ । अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशको अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो ।

प्रिमनसुनको समयमा पनि पर्याप्त वर्षा भइरहेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको बताइएको छ । हाल देशको केही स्थानमा सामान्य बदली भई वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातको समयमा दशैभर सामान्य बदली रही मेघगर्जन हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । भोलि देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले मंगलबार देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.