
पोखरा ।
भारतीय राजदुताबास पेन्सन वितरण कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले पोखरा वडा नम्बर १० र १५ मा सहयोग हस्तान्तरण गरेका छन्।
त्रिपाठीले सहयोग स्वरुप करिब ६२ हजार पाँच सय बराबरको खाद्यान्न व्यक्तिगत रुपमा वितरण गरेका हुन् ।कोरोना भाईरस कोभिड –१९ का कारण मुलक नै लकडाउनमा रहेका बेला बिहान बेलुका छाक टार्नै मुस्किल परेका २५ परिवारलाई त्रिपाठीले सहयोग गरेका हुन् ।


लेफ्टिनेन्ट कर्णेल त्रिपाठीले प्रति परिवार १२.५ केजी चामल, एक केजी दाल, १ लिटर तेल, एक पोका नुन, एक प्याकेट मसला र एक प्याकेट सोयाबिन गरि २५ परिवारलाई खाद्यान्न राहात सहयोग गरे ।
नेपालको सबै भन्दा निकटको घनिष्ट सम्बन्ध रहेको भारतबाट भुकम्पको बेला राष्ट्रिय स्तरबाट खोज, उद्वार तथा राहातमा महत्वपुर्ण सहयोग रहेको थियो ।भारतीय भुतपूर्व सैनिकको बाक्लो बस्ती रहेको पोखरामा लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले व्यक्त्तिगत रुपमा सहयोग गरेपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।
दैनिक ज्यालादारी मजदुरी गर्ने गरिब परिवारमा चुलो नै नबल्ने अवस्था आएपछि पोखरा महानगरपालिकाका वडा कार्यालयहरुबाट राहात वितरण भइरहेको छ ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।