www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य सामग्री खरिदबारे छानबिन शुरु

काठमाडौं ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस संक्रमण नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागमार्फत खरिद प्रक्रिया अघि बढाएको र रद्द गरिएको सम्बन्धमा छानबिन अघि बढाएको छ ।

समितिले सो सम्बन्धमा सम्पूर्ण कागजात तथा विवरण सात दिनभित्र समिति सचिवालयमा उपलब्ध गराउन र प्रतिक्रिया माग गरी आज मन्त्रालयलाई प्रत्राचार गरेको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले मन्त्रालयले विभागमार्फत बिनाप्रतिस्पर्धा ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अघि बढाइएकामा सो खरिद सम्झौता पछि रद्द गरेको थियो ।

Batas

सो सम्बन्धमा समितिले छानबिनकार्य अघि बढाउन आवश्यक देखेकाले त्यसमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भए गरेको सम्पूर्ण कागजात उपलब्ध गराइदिन निर्देशानुसार अनुरोध गरिएको समिति सचिव डा .रोजनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.