www.tandavnews.com
Fact ~ In search of truth

लकडाउन ‘बैशाख २५’ गतेसम्म

काठमाडौं ।

सरकारले बैशाख २५ गतेसम्मका लागि लकडाउन अर्थात् बन्दाबन्दीको समय थप्ने निर्णय गरेको छ । १५ गते सोमबार सकिने बन्दाबन्दीको समयलाई अरु दश दिन लम्ब्याउने निर्णय गरिएको हो ।

आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

Batas

सरकारले ११ चैतबाट लकडाउन लागू गरेकोमा यो पाँचौ पटक समय थपिएको हो । पछिल्लो पटक समय थप्दा बैशाख १५ सम्मका लागि भनिएको थियो ।

शुरुमा पहिलो पटक चैत ११ देखि बन्दाबन्दी घोषणा गर्दा चैत १८ गतेसम्मका लागि भनिएको थियो । दोस्रो चरणमा चैत २५ सम्म, तेस्रो चरणमा वैशाख ३ सम्म र चौथो चरणमा वैशाख १५ सम्मका लागि लम्ब्याइएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.