www.tandavnews.com
Fact ~ In search of truth

कोभिड-१९ जितेर घर फर्किए १६ सङ्क्रमित

सिबी अधिकारी/सञ्चिता घिमिरे
काठमाडौँ, रासस ।

कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या १६ पुगेको छ । आज वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा उपचाररत थप चारजना सङ्क्रमित निको भएर घर फर्किएसँगै कोभिड–१९ सङ्क्रमितको उपचारपछि स्वस्थ भएर घर फर्किनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सङ्क्रमित ५२ मध्ये १६ जना घर फर्किएको र ३५ उपचारका क्रममा रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशका विभिन्न अस्पतालमा उपचाररत कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

Batas

यसअघि शुक्रबार धौलागिरि अस्पतालमा उपचारत एक कोरोना सङ्क्रमित युवती स्वस्थ्य भएर घर पठाइएको थियो भने शनिबार राति भरतपुरमा उपचाररत २७ वर्षीय पुरुषको पनि उपचारपछि घर पठाइएको थियो । हाल धनगढीमा एक, वीरगञ्जमा तीन, भरतपुरमा एक र विराटनगरमा ३० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

नेपालमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका चीनबाट आएका एक व्यक्ति यसअघि नै घर फर्किसक्नुभएको छ । कोभिड–१९ नेपालमा पहिलोपटक गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । दोस्रो सङ्क्रमित चैत १० गते फेला परेको थियो । चैतको १० मा उहाँमा सङ्क्रमण देखिएपछि सरकारले भोलिपल्ट चैत ११ गते ‘लकडाउन’को घोषणा गरेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.