www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा काेराेना सङ्क्रमितकाे संख्या ५२ पुग्याे

काठमाडौँ ।

कोभिड–१९ को सङ्क्रमण थप एक जनामा देखिएको छ । विराटनगरको कोशी अस्पतालमा परीक्षणका क्रममा झापाका ५० वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । आज भेटिएका सङ्क्रमित अस्पतालको सम्पर्कमा रहेका र उनको स्वास्थ्यस्थिती सामान्य रहेको उनले जानकारी दिए ।

यसअघि आज नै पर्साको वीरगञ्जका दुईजना पुरुषमा सङ्क्रमण देखिएको थियो । आज देखिएका तीन जनासँगै सङ्क्रमितको सङ्ख्या ५२ पुगेको छ । यसैगरी पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् । रासस

Batas

–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.