www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा गुनासो सुन्न फ्रि–हटलाइन नम्बर सञ्चालन

पोखरा ।

पोखरा महानगरपालिकाले कोरोना रोकथाम र राहतका लागि नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाले यही वैशाख ३ गतेदेखि ११८१ नबर सञ्चालन गरेकोमा पुनः अर्को नम्बर ११८६ आजदेखि सञ्चालनमा ल्याएको हो । कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, बन्दाबन्दीले जोखिममा परेका समुदायको समस्या एवम् गुनासो सुनेर यथासम्भव तत्काल सम्बोधन गर्न टोली बनाइएको महानगरपालिका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए ।

Batas

महानगपालिकाले कोरोना संक्रमण फैलिन नदिन पोखरा ९ शान्तिवनस्थित कृषि उपज बजार केन्द्रमा सेनिटाइज टनेल स्थापना गरेको छ । पोखराकै ठूलो तरकारी तथा फलफुल बजारका रुपमा रहेको केन्द्रमा सर्वसाधारणको चापलाई दृष्टिगत गर्दै टनेल स्थापना गरिएको हो ।

टनेल स्थापनाको शुभारम्भ गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरामा आवश्यकतानुसार सेवाग्राहीको चाप हुने स्थानमा यस किसिमका टनेल स्थापना गरिने बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.