www.tandavnews.com
Fact ~ In search of truth

पोखराः राहत नपाएको भन्दै बसपार्कस्थित कृष्ण टोलबासीद्धारा महानगरपलिकामा धर्ना

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका–९ बसपार्कसँगै जोडिएको कृष्ण टोलका स्थानीयले राहत नपाएको भन्दै आज (सोमबार) महानगरपालिकाको कार्यालय गेट अगाडि धर्ना दिएका छन् ।

अधिकांश सुकुम्वासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले संकलन गरेर वडामा पठाए पनि राहत भने जम्मा ५१ परिवारले मात्र पाएको धर्नामा उपस्थित स्थानीयले बताएका छन् ।

Batas

धर्नामा पुगेका एक स्थानीय बद्धिबहादुर तामाङले आफुले राहत नपाएको र अरुले कहिले पाए भन्ने आफूहरुले थाहा नपाएको बताए । तामाङले भने,‘राहत कसले,कहिले पाए, हाम्लाई थाहा भएन, राहतमा पनि राजनिती भएको छ । राहत दिने हो भने निष्पक्ष दिनुपर्छ, पार्टीगत हिसाबले होइन् ।’ उनले थपे,‘वडाले पक्षपात गरेको छ , एउटै वडामा भए पनि कोहीलाई रातारात घरमा राहत पुर्याउने, हामीले चाहिँ सरकारको राहत कस्तो हुन्छ कहिल्यै देख्न पनि नपाउने।’

धर्नामा झण्डै दुई सयको हाराहारीमा स्थानीय सहभागी भएका छन् । दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको छाक टार्ने सो बस्तीका अधिकांशले राहत पाउन नसकेपछि पटक–पटक वडाको ध्यानाकर्षण गराएका थिए ।वडाबाट राहत पाउने आश्वासन दिइए पनि महिना दिन बित्दासमेत राहत नआएपछि उनीहरुले हिजो(आइतबार) वडा कार्यालयमा धर्ना दिएका थिए वडाबाट केही प्रतिक्रिया नपाएपछि स्थानीय आज महानगरको कार्यालयमा धर्ना दिन पुगेका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.