www.tandavnews.com
Fact ~ In search of truth

काेराेना अपडेट : २ लाख १० हजारको मृत्यु, ३० लाख बढी संक्रमित

काठमाडौं ।

विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख ३६ हजार ७ सय ७० पुगेको छ।

संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा ९ लाख ८७ हजार २२ जना संक्रमित भएका छन्।

Lama collectio News Middle

त्यस्तै, स्पेनमा २ लाख २९ हजार ४ सय २२, इटालीमा १ लाख ९९ हजार ४ सय १४, फ्रान्समा १ लाख ६५ हजार ९ सय ६२, जर्मनीमा १ लाख ५८ हजार ४ सय ३४, बेलायतमा १ लाख ५८ हजार ३ सय ४८ जना संक्रमित भएका छन्।

मृत्यु हुनेको संख्या पनि अमेरिकामै सर्वाधिक छ। त्यहाँ ५६ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।

त्यस्तै, इटालीमा २६ हजार ९ सय ७७, स्पेनमा २३ हजार ५ सय २१, फ्रान्समा २३ हजार २ सय ९३, बेलायतमा २१ हजार ९२ जनाको मृत्यु भइसकेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery