www.tandavnews.com
Fact ~ In search of truth

सांसद अधिकारीबाट पोखरा महानगरकाे कोषमा सहयोग

पोखरा ।

पूर्वस्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले पोखरा महानगरपालिकाको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा रु ५० हजार सहयोग गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अधिकारीले महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई सो रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा उनले बन्दाबन्दीका कारण कोही पनि भोको बस्नुपर्ने अवस्था आउन नदिन प्रभावकारी एवं व्यवस्थितरूपमा राहत वितरण गरिनुपर्नेमा जोड दिए ।

Batas

सांसद अधिकारीको पहलमा रुपा गाउँपालिका–६ रुपाकोटमा रहेका मुस्लिम समुदायका १२५ परिवारका लागि राहत प्रदान गरिएको छ । उनले चामल, तेल, दाललगायत दैनिक उपभोग्य राहत सामग्री गाउँपालिकाका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष ओझाले रु डेढ लाख बराबरको दैनिक उपभोग्य राहत सामग्री तत्कालै मुस्लिम समुदायलाई वितरण गरिएको जानकारी दिए ।
(रासस)
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.