www.tandavnews.com
Fact ~ In search of truth

कोभिड–१९ अपडेटःसंक्रमितको संख्या ५४ पुग्यो,रौतहटका थप दुईमा संक्रमण पुष्टि

रौतहट ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ पुगेको छ ।

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४ पुगेको हो । रौतहटको वृन्दावन नगरपालिकाका २४ वर्षीय युवक र देबाही गोनाही नगरपालिकाका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गौरले जानकारी दिएको छ ।

Batas

जनकपुरको ल्याबबाट नेगेटिभ रिपोर्ट आएको भन्दै वृन्दावनका संक्रमित वैशाख ६ गते घर गइसकेका थिए। भारतको दिल्लीमा काम गरेर चैत १७ गते नेपाल आएका उनी २२ गते चन्द्रपुर–६ स्थित महिला फुटबल एकेडेमीमा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका थिए। ४ दिनपछि उनको स्वाब टेस्टका लागि जनकपुर पठाइएको थियो। त्यहाँबाट २९ गते नेगेटिभ रिपोर्ट आएको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मातृका चालिसेले बताए।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुवैमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालय गौरका अधिकृत महेश साहले दुवै जनाको पछिल्लो रिपोर्ट पोजिटिभ आएको पुष्टि गरेका छन्।

देवाही गोनाहीस्थित क्वारेन्टाइनमा बसेका करुनियाका संक्रमित ३५ वर्षीय पुरुष भने भारतको कोलकाताबाट लकडाउनकै क्रममा चोरबाटो हुँदै वैशाख ६ गते नेपाल आएका थिए। त्यही दिन उनलाई क्वारेन्टाइनमा राखिएको थियो। तीन दिनअघि उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकोमा त्यहाँ गरिएको पीसीआर परीक्षणमा नतिजा पोजिटिभ आएको हो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.