www.tandavnews.com
Fact ~ In search of truth

संक्रामक रोग ऐन परिमार्जनबारे छलफल

काठमाडौं ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले संक्रामक रोग ऐन, २०२० मा गरिनुपर्ने परिमार्जनका विषयवस्तुसहित तत्कालीन र दीर्घकालीन रुपमा कार्यान्वयनका लागि सरकारलाई दिनुपर्ने सुझावका बारेमा छलफल गरेको छ ।

समितिको आजको बैठकले उक्त ऐनमा गरिनुपर्ने परिमार्जनका विषयवस्तुसहित छलफलबाट प्राप्त निष्कर्षका आधारमा तत्कालीन र दीर्घकालीन रुपमा कार्यान्वयन गर्न सरकारलाई दिनुपर्ने सुझाव तथा निर्देशनका लागि मस्यौदा तयार गर्ने निर्णय गरेको छ ।

Batas

मस्यौदाका लागि संविधानसभा सदस्य खिमलाल देवकोटा र संघीय संसद् सचिवालयका सहसचिव (कानून) अर्जुनकुमार खड्कालाई सहजीकरण गर्न जिम्मा दिने तथा सो मस्यौदामाथि अर्को बैठकमा छलफल गरी अन्तिम रुप दिने बैठकको निर्णय छ ।

समिति सभापति परशुराम मेघी गुरुङको सभापतित्वमा भएको बैठक विद्यमान कोभिड–१९ को विश्वव्यापी महामारीका सन्दर्भमा सङ्क्रामक रोग ऐन, २०२० को कार्यान्वयन माापन एवं मूल्यांकनका सम्बन्धमा सामाजिक दूरी कायम गरी सम्पन्न भएको थियो ।

बैठकमा समितिका सदस्यहरु, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी, संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ताद्वय खिमलाल देवकोटा र रमेश लेखक, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँल लगायतको उपस्थिति थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.