www.tandavnews.com
Fact ~ In search of truth

तनहुँःकोरोना कोषमा सहकारी र सामुदायिक वनको सहयोग

तनहुँ ।

कोभिड–१९ रोकथाम तथा न्यूनीकरणका लागि तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा रहेका सात वटा सहकारी संस्थाले कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा तीन लाख २३ हजार २४७ आर्थिक सहयोग गरेका छन् ।

कोषमा मनकामना माई बहुउद्देश्यीय सहकारी संस्थाले एक लाख एक हजार, आँबुखैरेनी बचत तथा ऋण सहकारी संस्थाले ५० हजार ५००, सगुन बचत तथा ऋण सहकारी संस्थाले ३३ हजार ३३३, भगवती बचत तथा ऋण सहकारी संस्थाले २७ हजार ५००, माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्थाले २५ हजार ५५५, एकता बचत तथा ऋण सहकारी संस्थाले २५ हजार १४९, समाजसेवा बचत तथा ऋण सहकारी संस्थाले २५ हजार १०५ र गरिमा बचत तथा ऋण सहकारी संस्थाले ३५ हजार १०५ सहयोग गरेका छन् ।

Batas

गाउँपालिकाले खडा गरेको उक्त कोषमा ४१ लाख ५९ हजार ९३५ संकलन भएको छ । उक्त रकममध्ये ३० लाख गाउँपालिकाको रहेको सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.