www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Batas

बैठकमा लकडाउनपछि दैनिक ज्याला मजदुरी गर्ने र निम्न आर्थिकस्तर भएका समुदायमा परेको प्रभाव, राहतको व्यवस्था, विदेशमा अप्ठ्यारोमा रहेका नेपालीको उद्धारलगायत पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल हुने बताइएको छ ।

कोरोना रोकथामका लागि गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू भएपछि काँग्रेसको केन्द्रीय समिति बैठक पहिलोपटक बस्न लागेको हो । काँग्रेसको पार्टी पदाधिकारी बैठक भने यस अवधिमा तीनपटक बसिसकेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.