www.tandavnews.com
Fact ~ In search of truth

कोभिड –१९ःआज एकै दिन थपिए तीन संक्रमित, संक्रमितको संख्या ५७

काठमाडौं ।

कोरोनाबाट संक्रमित हुनेको संख्या हरेक दिन जसो बढ्न थालेको छ । हिजो थप दुई जनामा संक्रमण देखिएकोमा आज बुधबार भने एकैदिन थप तीन जनामा कोभिड –१९ को संक्रमण देखिएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आज एकै दिन थप तीन जना संक्रमण पुष्टि भएको हो।तीन मध्ये दुई जना बारा र एक जना वीरगन्जका रहेका छन्। तीनै जना यसअघि वीरगन्ज(१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएको जनाइएको छ ।

Batas

गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भइ घर पर्किसकेका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.