www.tandavnews.com
Fact ~ In search of truth

रहेनन् भारतीय अभिनेता इरफान खान

भारत ।

भारतीय चर्चित अभिनेता इरफान खानको निधन भएको छ । इरफानको उपचारका क्रममा आज (बुधबार) बिहान मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि हिजो (मंगलबार) मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको आज(बुधबार) मृत्यु भएको हो । ५४ वर्षीय इरफानको स्वास्थ्यमा समस्या देखिएपछि आइसियुमा राखी उपचार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Batas

इरफानले अभिनय गरेको फिल्म पिकुका निर्माता/निर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृत्युको समाचार पुष्टि गरेका छन् ।इरफानलाई कोलोन इन्फेक्सन भएको थियो । गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो ।

लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा जान पनि पाएका थिएनन् । उनी भिडियो कन्फरेन्समार्फत आमाको अन्तिम संस्कारमा सहभागी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.