www.tandavnews.com
Fact ~ In search of truth

राहत सम्बन्धि छोटो फिल्म यु ट्युवमा सार्वजनिक (फिल्म सहित)

पोखरा ।

नेत्र ईन्टरटेनमेन्टको प्रस्तुतीमा राहत सम्बन्धि छोटो फिल्म आज युट्युबमा सार्वजनिक गरिएको छ । निर्देशक नेत्र गुरुङ्को कथा तथा निर्देशनमा यो फिल्म बनाईएको हो । फिल्मका सह– निर्देशक भरत छन्त्याल हुन् । उनले कथामा पनि काम गरेका छन् ।

फिल्ममा विभु भुसाल, रेम रसाईली, अनिषा श्रेष्ठ, गीता पराजुली र प्रतिक्षा पौडेलले अभिनय गरेका छन् । कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनका बेलामा दैनिक ज्यालादारी मजदुरको हातमा राहत कसरी पुगेको छैन भन्ने विषयमा फिल्म बनाईएको निर्देशक नेत्र गुरुङ्ले बताए ।

Batas

प्रकाश ‘गुरुङ् काश’ ले खिचेको फिल्ममा परिचय नेटवर्क मिडिया पार्टनरको रुपमा रहेको छ । विजयराज अधिकारी निर्माण व्यवस्थापक रहेको फिल्ममा पोखरा फिल्म सोसाईटी, ज्ञान करियर ईन्ष्टिच्युट, जक्सन डटकम, प्रोडक्सन सी लगायतका सँस्था सहभागी छन् ।

युटयुब लिङ्क:

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.