www.tandavnews.com
Fact ~ In search of truth

‘लकडाउन अवधिभर उपत्यका आउने जाने नगरौँ’

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पछिल्लो समय काठमाडौँ उपत्यका आउने र जाने नागरिकको संख्या बढिरहेकाले त्यसो नगरी जहाँ छौँ त्यही बसी लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण पछिल्लो समय नेपालमा पनि बढ्दै गइरहेकाले प्रमुख शाक्यले सबैसँग यस किसिमको आग्रह गरेका हुन् । शाक्यले लकडाउन जारी र संक्रमण फैलिरहेकै समयमा काठमाडौँ उपत्यकाका मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि काठमाडौँ पठाउने गरेकोप्रति संकेत गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गरेका हुन् ।

Batas

प्रमुख शाक्यले सबै जिल्ला र स्थानीय तहले उपत्यकाबाट आफ्ना नागरिक लैजाने र जिल्लाका नागरिकलाई पनि धमाधम पठाउने होडबाजी गर्ने हो भने लकडाउनको पालना नहुने र त्यसले थप समस्या सिर्जना हुने भन्दै त्यसो नगर्न आग्रह गरे। ‘पछिल्लो समय दर्जनौँ गाडीमा धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि धमाधम काठमाडौँभित्र नागरिक पठाएका समाचार सञ्चारमाध्ययमबाट निरन्तर आउन थालेका छन् ।’

उनले भने, ‘विश्वमै महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि हामी सबै नेपाली एकजुट हुनुपर्छ । यसका लागि पनि लकडाउनको सबैले पूर्ण पालना गर्नुको अर्को विकल्प छैन ।’

लकडाउन शुरु भएपछि कामपाले अतिविपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई अहिलेसम्म ७४ हजारलाई राहत वितरण गरिएको र यस अवधिमा महानगरबाट ४९ हजारभन्दा बढी प्लेट खाना खुवाएको जानकारी दिएको छ ।

कोही भोकै परेको जानकारी सञ्चारमाध्ययमका साथी र अन्यले पनि थाहा पाएमा उपत्यकाका जनप्रतिनिधि वा टोल फ्री नं ११८० र ११३१ मा जानकारी दिन पनि कामपाले आग्रह गरेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.