www.tandavnews.com
Fact ~ In search of truth

पोखराःअख्तियारमा १५ प्रतिशतले बढ्यो उजूरी

पोखरा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेश कार्यालयमा गत वर्षको तुलनामा १५ प्रतिशतले बढी उजूरी परेका छन् ।

पोखरास्थित सो कार्यालयमा यस आर्थिक वर्ष २०७६/७७ को पछिल्लो नौ महिनामा ७६१ उजूरी परेको छ । यो गत वर्षको भन्दा १५ प्रतिशतले बढी हो । कार्यालयका प्रवक्ता मेघनाथ रिजालका अनुसार सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित २१८ उजूरी परेका छन् ।

Batas

परेका उजूरीमा स्थानीय तह शिक्षाबारे १२५, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ७५, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ५४, प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थय मात्र ३४, प्रदेश भौतिक पूर्वाधार÷यातायात, खानेपानी र शहरी विकासमा ५०, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय २२, प्रदेश उद्योग, पर्यटन वन तथा वातावरणको २९ छन् । अन्य बाँकी मन्त्रालयको १५४ उजूरी रहेको छ । सात सय ६१ उजुरीमध्ये ३०५ उजुरी मात्र फछ्र्यौट भएको जनाइएको छ ।

आयोगले गत वर्षको आवमा जम्मा छ स्टिङ अपरेशन (रङ्गेहात पक्राउ) गरेकामा यो आवको नौ महिनमा १० स्टिङ अपरेशन गरेको छ । जिल्लागतरूपमा सबैभन्दा बढी कास्कीमा ३४७ उजुरी परेको छ । स्याङ्जामा ७९, तनहुँमा ७६, पर्वतमा ६६, बागलुङमा ५१, गोरखामा ५१, म्याग्दीमा ४४ लमजुङमा ४०, मुस्ताङ छ र मनाङमा एक/एक छन् ।

उपसचिव रिजालले आयोगले पञ्चवर्षीय रणनीति तयार गरी चारखम्बे आधारस्तम्भअन्तर्गत प्रवद्र्धनात्मक, निरोधात्मक, दण्डनात्मक र संस्थागत क्षमता अभिवृद्धिमार्फत कार्ययोजना अघि सारेको बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.