www.tandavnews.com
Fact ~ In search of truth

अझै केही दिन वर्षाको सम्भावना

काठमाडौं ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ ।

विगत केही दिनयता देशमा पश्चिमी वायु स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बङ्गालको खाडी अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।

Batas

नेपालमा स्थिर रहेको पश्चिमी वायु र प्रिमनसुन गतिविधि सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको हो । अंग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ ।

विगत केही दिनदेखि देशमा पश्चिमी वायु स्थानीय वायु सक्रिय रहेको बङ्गालको खाडी अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद्को भनाइ छ ।

हाल पुर्वी भूभागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

भोलि देशको पहाडी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रही अपराह्नपछि पश्चिम र पूर्वी पहाडी भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.